नेपालगञ्ज उप–महानगरपालिका अन्तर्गत केही स्वास्थ्य संस्थामा रोजगारीको अवसर खुलेको छ।
उप–महानगरपालिकाले करार सेवामा जनस्वास्थ्य अधिकृत (अधिकृतस्तर सातौ तह), अ.हे.व (सहायकस्तर चौथो तह) र अ.न.मी (सहायकस्तर चौथो तह) १/१ जना गरी तीन जना कर्मचारी माग गरेको हो।
जनस्वास्थ्य अधिकृतको योग्यता मान्यता प्राप्त शैक्षिक संस्थाबाट जनस्वास्थ्य विषयमा स्नातक उत्तीर्ण गरेको, अ.हे.वको लागि सि.एम.ए उत्तीर्ण गरी नेपाल स्वास्थ्य व्यवसाय परिषदमा दर्ता/नवीकरण प्रमाण पत्र प्राप्त गरेको र अ.न.मीको लागि अ.न.मी कोर्ष उत्तीर्ण गरी नेपाल नर्सिङ परिषदमा दर्ता/नवीकरण प्रमाण पत्र प्राप्त गरेको र एसबिए तालिम लिएको हुनु पर्नेछ।
इच्छुक आवेदक १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनु पर्नेछ।
सातौ तहको लागि परीक्षा दस्तुर एक हजार रूपैयाँ, सहायकस्तर चौथो तहको लागि परीक्षा दस्तुर चार सय रूपैयाँ लाग्नेछ।
इच्छुकले माघ १३ गते कार्यालय समयभित्र राजस्व तिरेको रसिदसहिद उप–महानगरपालिकाको स्वास्थ्य महाशाखामा दरखास्त दिनु पर्नेछ।