सामाजिक सुरक्षा कोषले योगदानकर्ताका श्रीमान/श्रीमती तथा छोराछोरीको उपचार खर्च पनि बेहोर्ने भएको छ।
कोषले वैदेशिक रोजगारीमा रहेका, अनौपचारिक क्षेत्र र स्वरोजगार योगदानकर्ताका श्रीमान/श्रीमती तथा छोराछोरीहरूको उपचार खर्च बेहोर्ने भएको हो।
औषधि उपचार स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अन्तर्गत यो सुविधा थपिएको हो।
छोराछोरीको हकमा यस्तो उपचार सुविधा १८ वर्षसम्मकाले पाउनेछन्।
वार्षिक एक लाख २५ हजारसम्मको औषधि उपचार खर्च कोषले बेहोर्ने व्यवस्था गरिएको हो। यो सेवा सहयोगदानमा आधारित हो।
जसमा उपचारमा लागेको जम्मा रकमको ८० प्रतिशत कोषले बेहोर्छ भने २० प्रतिशत आफैँले तिर्नुपर्नेछ।