संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडिपीले सवारी चालक पदका लागि आवेदन खुलाएको छ।
एनपिएसए २ तहअन्तर्गत १० जना सवारी चालक माग गरेको हो।
उक्त पदमा जागिर खानका लागि न्यूनतम शैक्षिक योग्यता एसएलसी वा एसइई उत्तीर्ण भएको हुनुपर्नेछ।
त्यसैगरी मान्यता प्राप्त संस्थाबाट हलुका तथा मझौला सवारी चालक अनुमति पत्र प्राप्त गरी कम्तीमा दुई वर्ष सवारी चलाएको अनुभव हुनु पर्नेछ।
नेपाली र अंग्रेजी भाषा बोल्न र राम्ररी बुझ्न सक्ने हुनुपर्नेछ। आवेदन आगामी भदौ २३ गतेसम्म दिन सकिनेछ।