वैदेशिक रोजगार बोर्डको सचिवालयले पाँच जना कर्मचारी माग गरेको छ।
इच्छुकले आज (बुधबार) कार्यालय समयभित्र आवेदन दिन सक्नेछन्।
बोर्डले सुरक्षित आप्रवासन कार्यक्रम र सेवा सञ्चालनका लागि कर्मचारी माग गर्दै आवेदन खुलाएको थियो।
बोर्ड सचिवालय अन्तर्गत कर्णाली, कोशी र मधेस प्रदेशका सुरक्षित आप्रवासन कार्यक्रम हेर्नका लागि तीन जना कार्यक्रम अधिकृत र बोर्ड सचिवालय र कन्सुलर सेवा विभागमा रही काम गर्न १/१ जना अधिकृत माग गरेको हो।
इच्छुकको उमेर २१ वर्ष पूरा भई ४० ननाघेको हुनुपर्नेछ।
परीक्षाको किसिम सर्टलिस्ट, प्रस्तुतिकरण र अन्तर्वार्ता हुने बोर्डले जनाएको छ। आवेदन शुल्क एक हजार रूपैयाँ तोकिएकोको छ।