ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले ४०० भन्दा धेरै स्थायी कर्मचारी मागेको छ।
स्थायी दरबन्दीमा सहायक प्रवन्धकदेखि कनिष्ठ सहायकसम्म ४१७ जना कर्मचारी माग गरेको हो।
सहायक प्रवन्धक पदमा खुला २९ जना, महिला, ८ जना, आदिवासी जनजाती ६ जना, मधेसी ६ जना, दलित दुई जना, अपांग एक जना र पिछडिएको क्षेत्र एक गरी कुल ५३ जना माग गरेको छ।
त्यस्तै, सहायक कम्प्युटर अधिकृत पदमा २ जना, प्रशासनतर्फ सहायक पदमा ४२ जना र कनिष्ठ सहायक पदमा ३२० जना कर्मचारी माग गरेको हो।
सहायक प्रवन्धक पदमा जागिर खानका लागि स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने छ।
सहायक कम्प्युटर अधिकृत पदका लागि पनि कम्प्युटर वा सूचना प्रविधिमा न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। कम्तीमा दुई वर्षको कार्यअनुभव समेत हुनुपर्ने उल्लेख गरिएको छ।
त्यसैगरी, प्रशासनतर्फ सहायक पदका लागि प्रविणतम तह उत्तीर्ण गरेको हुनुपर्नेछ। कनिष्ठ सहायक पदमा जागिर खानका लागि एसएलसी एसइई वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ।