मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडका लागि प्रमुख कार्यकारी अधिकृत (सिइओ) आवश्यक परेको छ।
इच्छुकले साउन २१ गतेभित्र आवेदन दिइसक्नुपर्ने कम्पनीले जनाएको छ।
सिइओको लागि चार्टर्ड अकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, ग्रामीण विकास, कम्प्युटर लगायत विषयमा स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्नेछ।
इच्छुकको कार्य अनुभव १० वर्ष तोकिएको छ।
कुनै पनि बैंक तथा वित्तीय संस्थामा अधिकृत वा सोभन्दा माथिको तहमा रही कम्तीमा १० वर्षको कार्यानुभव हुनुपर्ने छ।
इच्छुकको उमेर ४० वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनुपर्नेछ।