कलंकी काठमाडौंस्थित जनपथ माध्यमिक विद्यालयले विज्ञान विषयमा शिक्षक र कम्प्युटर प्रशिक्षक मागेको छ।
विद्यालयले काठमाडौं महानगरपालिकाको आन्तरिक स्रोतबाट तलब भत्ता तथा सेवा सुविधा दिने गरी करार मावि द्धितीय पदमा एक जना शिक्षक र एक जना प्रशिक्षक माग गरेको हो।
शिक्षकका लागि फिजिक्समा स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्ने योग्यता तोकिएको छ।
कम्प्युटर प्रशिक्षकको शैक्षिक योग्यता आइटी वा कम्प्युटर इन्जिनियरिङ वा सफ्टवेयर इन्जिनियरिङमा एमई वा बिई पूरा गरेको हुनुपर्ने छ।
स्नातक तह उत्तीर्ण गरेकाहरूका हकमा एक वर्षको अनुभव अनिवार्य तोकिएको छ।