भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै रोजगारीको प्रलोभन देखाएर बेचबिखन गरी बन्धक बनाइएका २८ नेपाली मजदुरको उद्धार गरिएको जानकारी दिएका हुन्।
'कश्मीरको श्रीनगरमा ५ महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदुरहरूलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको टोलीले उद्धार गरी नेपाल फर्काएको छ। सिराहाका २१ जना र धनुषाका ७ जना मजदुरलाई आजै जिल्ला मानव बेचबिखन नियन्त्रण समितिको जिम्मा लगाइएको छ,' उनले लेखेका छन्।
उनीहरूको उद्धारका लागि महमन्त्रालयका सचिव दिनेश भट्टराई नेतृत्वको हाम्रो टोली सक्रिय थियो।
मानव बेचबिखन नियन्त्रण समितिले शुक्रबार नै सबैलाई घरघर पठाउने पनि प्रधानमन्त्रीले जानकारी दिएका छन्।