ललितपुर गोदावरीस्थित बज्रबाराही चापागाउँ अस्पतालले करारमा चिकित्सक, नर्ससहित विभिन्न पदमा २९ जना कर्मचारी मागेको छ।
अस्पतालले शुक्रबार सूचना प्रकाशित गर्दै जनरल फिजिसियन, अब्स तथा गाइनोकोलोजिस्ट, पेडियाट्रिसियनदेखि चौथो तह ल्याब असिस्टेन्टसम्म माग गरेको हो।
योग्यता पुगेका इच्छुकले आजको १५ दिनभित्र आवेदन दिनुपर्नेछ। थप जानकारीका लागि अस्पतालको वेबसाइट हेर्न सकिन्छ।