पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले काठमाडौं बाहिर शाखा विस्तार गर्ने भएको छ।
काठमाडौंमा पर्यटन तथा होटल व्यवस्थापन सम्बन्धि अध्यापन गराउँदै आएको नाथमले काठमाडौं बाहिरका नेपालगञ्ज, बर्दीबास र बिर्तामोडमा कलेज खोल्ने भएको हो।
काठमाडौंको रवीभवनमा रहेको नाथमले हाल होटल व्यवस्थापन तालिम तथा एकेडेमिक अध्यापन गराउँदै आएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेको नाथमले पर्यटन क्षेत्रमा दक्ष जनशक्ती उत्पादनका लागि शाखा विस्तार गरेको जानकारी दिएको छ।
आगामी शैक्षिक सत्रबाटै अध्ययन सुरु गर्नका लागि नेपालगञ्ज र बर्दीबासमा कार्यालय स्थापना गरिसकिएको र बिर्तामोडमा काम भइरहेको नाथमले जानकारी दिएको छ।