वैदेशिक रोजगार कार्यालय, ताहाचलका एक जना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि श्रम स्वीकृति ठप्प भएको छ।
मंगलबार कार्यालयका कम्प्युटर अपरेटरलाई कोरोना पोजेटिभ देखिएकोले सेवा रोकिएको यातायात वयवस्था विभागका महानिर्देशक कुमार प्रसाद दाहालले जानकारी दिए।
‘उहाँ अहिले ‘होम आइसोलेसन’मा हुनुहुन्छ। ३ दिन पछि सबै कर्मचारीको पिसिआर टेष्ट गराउनको लागि हामीले स्वास्थ्य सेवा विभागमा समन्वयन गरिसकेका छौं,’ उनले भने।
सबैको रिपोर्ट आएपछि कुन मोडालिटीमा सेवा दिने भनेर तय गरिने उनले जानकारी दिए।
‘पहिले सबै कर्मचारीको रिपोर्ट आओस, त्यसपछि कती जना कर्मचारी राखेर, के–कस्ता सुरक्षा अपनाएर सेवा दिने तय हुन्छ,’ दाहालले सेतोपाटीसगँ भने।