नेपालको फ्रिलान्सिङ हब बन्ने उद्देश्यसहति वर्कहब सञ्चालनमा आएको छ।
डिजिटल माध्यमबाट काम गर्ने समुदायलाई एकिकृत गरी गिग अर्थतन्त्रलाई संस्थागत गर्न भन्दै सरकार वर्कहब डटकम सञ्चालनमा आएको हो।
उद्योगहरूको विश्वासनीय वेबसाइट सहकर्मी बन्ने लक्ष्य लिएर उक्त वेबसाइट सञ्चालन भएको हो।
यसमा काम खोज्ने र कामदार खोज्नेहरुका लागि सजिलो माध्यम बन्ने सञ्चालक सदिच्छा ओझाले जानकारी दिइन्।
नेपालका प्रमुख कम्पनीहरूसँग सहकार्य गरेर घरबाटै काम गर्नेहरु खोजिदिने र घरबाटै काम गर्न अवसर खोज्नेहरुलाई जोडिदिने काम गर्ने उनले बताइन्।
महामारीको कारण अहिले धेरैले वर्क फ्रम होमको अभ्यास गरिरहेको र कतिपय व्यवसायीहरुले यसलाई नै भविष्यमा निरन्तरता दिने मनसाय बनाइरहेको समयमा वर्कहब डटकम सञ्चालनमा आएको हो।