घरभाडा तिर्न नसकेका ट्याम्पु चालक ललित सुनुवारसहित पाँच श्रमिकलाई सहयोग प्राप्त भएको छ।
गत भदौ २२ गते ‘बेरोजगार टेम्पो चालकले तिर्न सकेनन् घरभाडा, घरबेटीले बोलाए प्रहरी’ शिर्षकमा सेतोपाटीले समाचार प्रकाशित गरेपछि धरान घर भई हाल बेलायतमा बसोबास गर्ने भूतपूर्व ब्रिटीश आर्मी डील्ली तुम्रोकले नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई मार्फत् सहयोग गरेका हुन्।
तुम्रोकले पठाएको रकम टेम्पो चालकहरु ललित सुनुवारलाई ७ हजार ५ सय, महिला टेम्पो चालक शान्ति क्षेत्रीलाई ५ हजार, चालक राधेश्याम श्रेष्ठलाई २ हजार ५ सय र घरनिर्माण मजदुरहरु कमानसिंह तामाङ र झम्कमायाँ सुनुवारलाई जनही २ हजार ५ सयका दरले वितरण गरिएको राईले जानकारी दिए।
चालक ललित सुनुवारको घर भाडा तिर्न नसक्दा घर धनीले प्रहरी लगाएको र अन्य श्रमिकहरुको घरमा चुलो बल्न छाडेको समाचार पढेपछि आफूले थोरै भएपनि सहयोग गरेको तुम्रोकले बताए।
प्राप्त रकम श्रमिकहरुलाई हस्तान्तरण गर्दै सहयोगले श्रमिकहरुको घाउमा मल्हम जस्तै भएको राईले बताए।