सरकारले भदौ १७ गतेदेखि नियमित अन्तर्राष्ट्रिय उडान सुरु गर्न अनुमति दिइसकेको छ।
उडानका लागि विभिन्न शर्तहरु तोकिएको छ। सरकारले पिसिआर परीक्षण गरी नेगेटिभ रिपोर्ट भएका यात्रुलाईमात्र त्यस्तो उडानमा ल्याउन पाउने नियम बनाएको छ।
पिसिआर परीक्षण व्यवस्था सहज नभएका कतिपय मुलुकमा भने सरकारले निमयित उडानको अनुमति दिएको छैन। माल्दिभ्स,कुवेत, साउदी अरब, ओमनमा चार्टर्ड उडान हुने छ। सरकारले पिसिआर टेष्ट सहज नहुने देशमा चार्टर्ड उडान गर्ने यसअघि नै निर्णय गरिसकेको छ।
यसरी चार्टर्ड उडान हुने देशबाट वैदेशिक रोजगारको सम्झौता म्याद सकिएका नेपाली जो आफै पैसा तिरेर आउनसक्छन्, कम्पनी आफैले पैसा तिरिदिनेहरुलाईमात्र ल्याउन पाइने छ। सरकारको पछिल्लो यो निर्णयअनुसार बेखर्चीहरु चार्टर्ड उडानबाट आउने बाटो बन्द भएको छ।