माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षमा १ अर्ब ३० करोड खुद नाफा कमाएको छ। बैंक पहिलो वर्ष अर्ब कमाउन सफल भएको हो। अघिल्लो वर्ष बैंकको खुद नाफा ८९ करोड थियो।
बैंकको चुक्ता पुँजी ६ अर्ब ५९ करोड छ। बैंकले हकप्रद तथा बोनसबाट सहजै ८ अर्बको लक्ष्य भेटाउने भएको छ। बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ९८ पैसा छ। कर्जा तथा निक्षेपको अनुपात ७६ प्रतिशत पुगेको छ।
मूल्य आम्दानीका आधारमा बैंकको सेयर लगानीयुक्त देखिन्छ। मूल्य आम्दानी अनुपात जम्मा १५ छ। यसको अर्थ १ रुपैयाँ लाभांशका लागि १५ रुपैयाँ लगानी पर्नु हो।
बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता साढे ३ सय रुपैयाँको हाराहारीमा छ। बैंकको निश्क्रिय कर्जा घटेर ०. ३७ प्रतिशत कायम भएको छ। अघिल्लो वर्ष यस्तो कर्जा ०. ५५ प्रतिशत थियो।