अब ग्राहकले आफ्नो क्रेडिट स्कोरको आधारमा समेत कर्जा पाउने भएका छन्।
‘बैंक तथा वित्तीय संस्थाहरूले ग्राहकको क्रेडिट स्कोरको आधारमा समेत कर्जा प्रदान गर्ने नीति अवलम्बन गर्दै लगिनेछ,’ शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले भने।
व्यवसायीहरूले ऋणीले पाउने क्रेडिट रेटिङबाट हालसम्म कुनै लाभ नभइरहेको र यस्तै रेटिङको आधारमा फरक-फरक ब्याजदर लागु हुने व्यवस्था गर्नुपर्ने माग गर्दै आएका थिए।