तुलसी बहुमुखी सहकारीको दमक शाखामा देखिएको समस्या तत्कालका लागि सुल्झिने भएको छ। सहकारी र बचतकर्ताहरूबिच रकम सुरक्षित तवरले फिर्ता गर्ने र सहकारीको काम सुचारु बनाउनेबारे सम्झौता भएको हो।
दमक नगरपालिकाको कार्यालयमा भएको सम्झौतामा दमकका प्रमुख राम थापासमेतको उपस्थिती र हस्ताक्षर छ।
साथै दमक उद्योग वाणिज्य महासंघ र स्थानीय प्रशासनको रोहबरमा तुलसी सहकारीले सुरक्षित ढंगले आफ्नो सेवा सञ्चालन गर्ने र उसका प्रतिनिधिलाई निर्बाध ढंगले कामकाज गर्ने दिने सहमति बनेको हो।
सहकारीसँग भौतिक पूर्वाधार र लगानी गरेर पर्याप्त पुँजी भएकै अवस्थामा पनि राष्ट्रिय अर्थतन्त्र चलायमान नहुँदाको असर परेको सहकारी सञ्चालकको गुनासो रहेको छ।
दुई पक्ष बिच भएको सहमतिमा एक लाख रुपैयाँसम्मको बचत कर्तालाई गार्डेन मार्टबाट सामान खरिद गर्ने सुविधा दिने, एक लाख रुपैयाँ देखि ५ लाख रुपैयाँसम्मका बचतकर्तालाई २०८० साउन महिनादेखि २५ प्रतिशतका दरले दुई/दुई महिनामा बचत फिर्ता गर्ने सहमति भएको छ।
त्यस्तै ५ लाख देखि २८ लाख ९९ हजारसम्मको लागि २०८० कात्तिकदेखि १५/१५ प्रतिशतका दरले प्रत्येक दुई/दुई महिनामा बचत फिर्ता गर्ने, ५ लाखदेखि माथिका बचत कर्तालाई प्रत्येक २०८० पुस महिनादेखि प्रत्येक दुई/दुई महिनामा १० प्रतिशतका दरले रकम भुक्तानी गर्ने सहमति गरेका छन्।
लाख रुपैयाँभन्दा माथिको बचत हुने बचतकर्ता ६ जना र ५ लाखदेखि २५ लाख रुपैयाँसम्मको बचतकर्ता ९४ जना रहको सहकारीले जनाएको छ।
पाँच लाख रुपैयाँभन्दा माथिको बचतकर्ताले चाहेमा आफ्नो बचत बराबरको जग्गा जमिन तथा भौतिक संरचना पनि लिन पाइने व्यवस्था गरिएको सम्झौतामा उल्लेख गरिएको छ।
याे पनिः बचतकर्ताको करोडौं डुबाएर फरार तुलसी सहकारीका सञ्चालक