गत शनिबारदेखि गुणस्तर तथा नाप तौल विभाग र ट्राफिक प्रहरी महाशाखाले अनुगमन गर्न थालेपछि ‘कम्प्युटराइज्ड बिलिङ मेसिन’ जोड्ने ट्याक्सीको संख्या ह्वातै बढेको छ।
उपत्यकाका करिब ११ हजार ट्यासी मध्ये अहिलेसम्म करिब ७ हजार ७ सय ट्याक्सीमा मिटर जडान भई सकेको र बाँकी ट्याक्सीमा पनि १२–१५ दिनमा मिटर जडानभई सक्ने गुणस्तर तथा नाप तौल विभागका महानिर्देशक विश्व बाबु पुडासैनीले बताए।
धेरै ट्याक्सीमा मिटर जडान भइसके पनि ड्राईभहरु मिटरमा जान नमान्ने अवस्था भने कायकै रहेको यत्रुहरुको गुनासो छ।
यस्तो अवस्थामा पीडितले गुणस्तर तथा नाप तौल विभाग अथवा ट्राफिक प्रहरीमा उजुरी गर्न सक्ने पुडासैनीले बताए।
‘यस्ता समस्या निवारणको लागि हामीले एउटा मेकानिजम बनाउँदै छौ, मिटर जडान कार्य सकिए लगत्तै यसको कार्यन्वयनको लागि हामी फेरि अनुगमन गर्छौ,’ उनले सेतोपाटीसँग भने।
सरोकारवाला निकायले अनुगमन गरिरहे पनि उपभोक्ता आफैं जागरूक नभई कार्यान्वय गर्न कठीन हुने उनको भनाई छ।
ट्याक्सीवाला मिटरमा जान नमामा उनीहरुलाई यातायात तथा सवारी व्यवस्था ऐन अनुसार ५ हजारसम्म जरिवाना हुनसक्ने यातायात व्यवस्था बिभागका प्रवक्ता डा टोकराज पाण्डेले जानकारी दिए।
ट्याक्सीमा यो मेसीन जोड्न ५ देखि ७ हजारसम्म लाग्ने बताइएको छ। मेसिन जडान नगर्नेलाई ट्याक्सीको मिटर नविकरण लगाएतका सरकारी कार्य समेत रोकिएको थियो।
बिलिङ मेसिनको के छ फाइदा?यो मेसिनबाट प्राप्त प्रिन्टेड बिलमा ट्याक्सीको सम्पूर्ण विवरण (ट्याक्सी नम्बर, फोन नम्बर, तिर्नुपर्ने शुल्क, तय गरेको दुरी)आदि लेखिएको हुन्छ जसले गर्दा ट्यक्सीमा कुनै सामान छुट्यो भने तुरुन्तै ड्राइभरलाई फोन गर्न तथा प्रहरीमा उनुरी दिन सकिन्छ।
यो बिलिङमेसिन पूर्ण रुपमा कार्यान्वयननमा आएको खण्डमा यात्रु ठगिने क्रम पूर्ण रूपमा बन्द हुने विश्वास लिइएको छ।
यो मेसिनले गर्दा भाडा थाहा नभएका, विदेशी पर्यटक आदिलाई पनि ठूलो राहत हुने बताइएको छ।