नेपालको लागि अशोक लेलैण्डको आधिकारीक विक्रेता आइएमई मोर्टर्सले सर्भिस बाईकहरु सञ्चालनमा ल्याएको छ।
अब उप्रान्त कुनै पनि स्थानमा अशोक लेलैण्डका गाडीहरुमा समस्या आएमा त्यस्त मोटरसाइकलबाट तुरुन्त सेवा दिइने कम्पनीले जनाएको छ। यो नेपालमा नै पहिलो पटक नौलो सेवा रहेको कम्पनीको दावी छ।
सर्भिस बाईकको प्रयोग भएसँगै अशोक लेलैण्डको बिक्री पछिको सेवालाई थप राम्रो, छिटो र सरल बनेको कम्पनीको भनाइ छ।