टाटा मोटर्सले ‘नेक्सन’ गाडीको बुकिङ पुस २४ देखि खोल्ने भएको छ। शहरका लागि सहज र उत्कृष्ट मानिएको यो गाडी टाटाका अधिकृत डिलरहरुबाट बुकिङ गर्न सकिनेछ।
उत्कृष्ट पर्फमेन्स र स्पोर्टी लुक भएको नेक्सन ‘इम्प्क्याट डिजाइन’मा आधारित टाटा मोटर्सको चौथो उत्पादन हो। यो कार बुकिङ गर्न २५ हजार रुपैयाँ बुझाउनु पर्ने छ।
पृथक स्टाईलिस र तारिफ योग्य विशेषताहरुले नेक्सन युवा ग्राहकहरुको लागि शहरी क्षेत्रमा उत्कृष्ट सावित हुने टाटाका इन्टरनेसनल बिजनेस हेड (प्यासेन्जर भेइकल) सुजन रोयकाले बताए।
‘नेपालमा तीव्र गतिले बढ्दै गरेको एसयूभी वर्गमा नयाँ बेन्चमार्क तय गरेका छौँ, कार विशेषज्ञहरुबाट आएको प्रतिक्रियाले उत्साह प्रदान गरेको छ’ उनले भने।
परिवर्तित रणनीति अनुरुप लक्ष्य भेटाउनका लागि बजारमा उत्पादनहरु छिटो भित्र्याइएको उनले बताए। यसको लुक्स, फिचर्स र सुविधा निकै उच्चस्तरीय रहेको कम्पनीले जनाएको छ।