टाटा मोटर्सले जनकपुरमा शोरुम संचालनमा ल्याएको छ। आफ्ना उत्पादन विक्री वितरणका लागि जनकपुरमा उसले नयाँ शोरुम सञ्चालनमा ल्याएको हो।
आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले जनकपुरका लागि गिरिजा अटोमोवाइल इन्टरप्राइजेजलाई वितरकको जिम्मा दिएको छ।
शोरुमको उद्घाटन गर्दै मोटर्सका अन्तर्राष्ट्रिय व्यापार प्रमुखसुजन रोयले ग्राहकलाई सहज रुपमा सेवा दिन शोरुम संचालन गरिएको बताए। शोरुमले यस क्षेत्रमा विक्री तथा बिक्रीपछिको सेवा दिनेछ।
सिप्रदी ट्रेडिङका प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरीले देशभर सञ्जाल विस्तार गर्ने उद्देश्यअनुरुप शोरुम संचालन भएको बताए। शोरुमबाट जेष्ट, बोल्ट, स्टोर्मी, हेक्सा, टियागो र टिगोर जस्ता गाडीहरु उपलव्ध हुने उनले बताए।
हप्ताको सातै दिन विहान १० बजेदेखि बेलुकी ५ वजेसम्म शोरुम खुल्ला हुने कम्पनीले जनाएको छ। शोरुममा टाटा मोटर्सका सबै रेन्जका प्यासेन्जर गाडीहरु उपलब्ध हुनेछन्। नयाँशोरुम थपिएपछि नेपालभरि २० विक्री केन्द्र र २४ वटा सेवा केन्द्रहरु पुगेको टाटा मोटर्सले जनाएको छ।