पोखरामा साहसिक गतिविधिमा रमाउन चाहनेका लागि हलुका हेलिकोप्टर सञ्चालनमा आउने भएको छ । हेली एयर नेपालले हलुका हेलिकोप्टर (ग्योरोकप्टर) सञ्चालनमा ल्याउनले तयारी गरेको हो । नेपाल नागरिक उड्ययन प्राधिकरणले हेली एयर नेपाल प्रालिलार्इ व्यावसायिक उडानका लागि अनुमति दिएपछि केही दिनमा नै पोखराबाट उडान भर्ने तयारी गरेको छ ।
कम्पनीले दुर्इवटा लाइट हेलिकोप्टर ल्याइसकेको हेली एयरका अपरेशन निर्देशक सन्त लामिछानेले बताए । यो हेलिकोप्टरमा एक जना मात्रै यात्रु बस्न मिल्छ। झण्डै चार महिना अघि हेलिकोप्टर ल्याएपनि शुक्रबार मात्रै कम्पनीले उडान अनुमति पाएपछि व्यावसायिक उठानका लागि तयारी थालेको उनले बताए ।
कम्पनीले फ्रान्समा निर्मित ब्राण्ड न्यू हेलिकोप्टर ल्याएको हो।कम्पनीले भदौंको तेस्रो सातादेखि उडान थाल्ने उनले बताए । हेलि एयरले पहिलो चरणमा दुई वटा हलुका हेलिकप्टरलाई ३ करोड खर्चेको छ ।
हेलियरका लागि बाग्लुङको बलेवा विमानस्थललार्इ मुख्य बेस र पोखरालाई सब बेस बनाएको छ । उनले दक्षिण एशियामै पहिलो पटक लाइट हेलिकोप्टर ल्याएर उडान शुरु गर्न लागेको लामिछानेले बताए । हेलिकोप्टरबाट आन्तरिक तथा बाह्य पर्यटकलार्इ माउण्टेन फ्लाइट, पोखराको दृश्य र अन्य दृश्यावलोकन मात्रै गर्न सकिने बताए। यो करीब १८ हजार फिट उचाइसम्म उड्न सक्छ ।
हेलिकप्टर ३ सय ८ किलो तौलको रहेको छ । यात्रुसहित ५ सय ६० किलो तौल बोकेर उड्न सक्ने उनले बताए । कम्पनीले विभिन्न पाँच वटा प्याकेज समेत ल्याएको बताए । १५ मिनेट अवधिको १ सय ४९, ३० मिनेटको २ सय ४९, एकघण्टाको ३ सय ९८, डेढ घण्टाको ५ सय ४८ र दुईघण्टाको ६ सय ९८ अमेरिकी डलर शुल्क तोकेको बताए । उनले नेपालीका लागि भने छूटै प्याकेजको व्यवस्था गर्ने बताए । उनले अत्याधुनिक हेलिकोप्टर भएकोले सुरक्षित समेत रहेको दाबी गरे।
ग्यास लगायतका व्यवसाय गरिरहेको गृहलक्ष्मी समूह समूहका अध्यक्ष धर्मराज बर्तौला र रोनन लामिछानेको लगानी रहेको छ ।