सवारी साधन मानव जीवनको एउटा अभिन्न अङ्ग बनिसकेको छ । नेपालमा कार र मोटरसाइकल चलाउनेको संख्या लाखाैँ पुगिसकेको छ । साधाणतया रातको समयमा विपरित दिशाबाट आएको सवारीको लाइट अर्कोतर्फबाट जाने सवारी चालकको आँखामा परेर हेर्न निकै गाह्रो हुने गुनासो चालकहरुले गर्दै आएका छन् ।
ठूला सवारी चलाउनेले त्यस्तो समस्या खासै भोग्नु नपरेपनि साना सवारी चालकले भने दैनिकजसो यस्तो समस्या भोग्दै आइरहेका छन् ।
चालकहरुको यस्तै समस्यालाई लक्षित गर्दै मेरो सपिङ डट कमले एचडी नाइट भिजन चस्मा बजारमा ल्याएको छ । नाइट भिजन भनेपछि राति पनि देख्ने भन्ने लाग्ला, तर त्यो होइन । यो चस्माले रातको समयमा विपरित दिशाबाट आएको चहकिलो प्रकाशलाई आँखासम्म पुग्न दिँदैन। रातको समयमा सवारी चलाउँदा विपरित दिशाबाट आएको चहकिलो प्रकाशले केहिबेर केहिपनि देखिँदैन जसले सवारी दुर्घटना हुने सम्भावना हुन्छ तर उक्त चस्माले यस्तो समस्यालाई केहि हदसम्म कम गर्ने व्यवसायीहरुको भनाइ छ ।
चीनमा निर्मित यो चस्माको मूल्य मेरो सपिङले ९ सय ९९ निधारण गरेको छ । यो चस्मा प्लाष्टिकबाट निर्मित भएपनि ‘स्क्रयाच’ हुने समस्या नभएको मेरो सपिङ डट कमका सिईओ सिताराम रिमालले दाबी गरे।
उक्त चस्मा महीनामा २/३ सय पिस विक्री भइरहेको र ग्राहकबाट कुनै गुनासो नआएको रिमालले बताए ।
यो चस्माले रातको समयमा गाडी वा बाइक चलाउदा विपरित दिशाबाट आएको प्रकाशलाई आँखामा पुग्नुभन्दा पहिले मिनिमाइज गर्छ । त्यस्तै दिउँसोमा यसले सन ग्लासेसको काम गर्छ भने आँखामा धुलो धुवा छिर्न दिँदैन जसले गर्दा यो पैदल यात्रीलाईसमेत उपयुक्त हुने मेरो सपिङले बताएको छ । यसको सिसाको रङ पहेलो र कालोमा उपलब्ध छ ।
चस्माले आँखालाई नराम्रो असर नगर्ने भएतापनि वारेन्टी भने नहुने सिईओ रिमालले सेतोपाटीलाई जानकारी दिए ।