काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि ‘नेपाल विल्डकन तथा उड अन्तर्राष्ट्रिय मेला’ सुरू भएको छ।
भवन निर्माणका लागि आवश्यक सबै खालको सामग्रीबारे जानकारी दिने उद्देश्यले अन्तर्राष्ट्रिय स्तरको ‘नेपाल विल्डकन तथा उड अन्तर्राष्ट्रिय मेला’ आयोजना गरिएको हो।
मेलाको उद्घाटन उपप्रधानमन्त्री एवम् उर्जा मन्त्री कमल थापाले नेपालले गरेका हुन्।
३ दिनसम्म चल्ने मेलामा भवन निर्माण र सोसँग सम्बन्धित सबै सामग्रीहरूबारे विस्तृत जानकारी लिने व्यवस्था गरिएको मिडिया स्पेस सोलुशन प्रालिका महाप्रबन्धक सृजल भट्टराईले जानकारी दिए।
मेलामा भारत, चीनलगायत १५ भन्दा बढी राष्ट्रका व्यवसायीहरू सहभागी भएका छन्। मेलाले भूकम्पपछिको पुनर्निर्माणमा पनि सघाउ पुर्याउने अपेक्षा गरिएको छ।
हेर्नुहोस् मेलाका केही झलकहरू :
सबै तस्बिरहरू : नारायण महर्जन
https://youtu.be/tA9yPsfL1CA