नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा योगेन्द्रनाथ कर्माचार्य निर्वाचत भएका छन्।
उनले निकटतम प्रतिद्वन्द्वी डोलनाथ गौतमलाई २७९ मत अन्तरले पछि पार्दै विजयी भएका हुन्। कर्माचार्यले ९८७ मत प्राप्त गरे भने डोलनाथ खनालले ७०८ मत प्राप्त गरे। कर्माचार्यलाई नेपाली कांग्रेसको समर्थन रहेको थियो भने खनाललाई वाम गठबन्धनको समर्थन रहेको थियो।
यस्तै, वरिष्ठ उपाध्यक्षमा विजयबहादुर स्वाँर, हरिशरण केसी र दीपक अधिकारी विजयी भएका छन्। यस्तै, उपाध्यक्षमा पुष्पा श्रेष्ठ, सानुकाजी प्रजापति, जितबहादुर भारती, रामप्रसाद सुवेदी, एनकुमार साई, कृष्णप्रसाद सुवेदी र प्रभुप्रसाद कलवार मत प्राप्त गरी विजयी भएका छन्। मालबाहकतर्फको उपाध्यक्षमा यादवलाल श्रेष्ठ विजयी भएका छन्।
यस्तै, महासचिवमा पुण्यप्रसाद सिटौला, उपमहासचिवमा वसन्त भण्डारी, डेकनाथ गौतम र रवि रिमाल मत प्राप्त गरी विजयी भएका छन्। सचिवमा नन्दलाल श्रेष्ठ, शम्भुप्रसाद रिजाल र शेखरनाथ सिटौला मत प्राप्त गरी विजयी भएका छन्।
कोषाध्यक्षमा किरणकुमार खड्का र सहकोषाध्यक्षमा डम्बरराज पन्त मत प्राप्त गरी विजयी भएका छन्।
युनियनमा बराल
देशभरका सरकारी अस्पतालमा कार्यरत विकास समितिका कर्मचारीको संस्था अस्पताल विकास समिति कर्मचारी युनियनको अध्यक्षमा सञ्जय बराल निर्वाचित भएका छन्।
शनिबार भरतपुरमा सम्पन्न तेस्रो महाधिवेशनले भरतपुर अस्पतालमा कार्यरत बरालको नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। समितिको उपाध्यक्षमा लोकराज पनेरु, महासचिवमा नवराज लुइँटेल, सचिवमा अरुण खनाल, सहसचिवमा मनोजकुमार देव, कोषाध्यक्षमा बद्री बस्नेत चयन भएका छन्।
त्यस्तै, महाधिवेशनबाट १ नं प्रदेश प्रमुखमा बद्रीप्रसाद दाहाल, २ नं प्रदेश प्रमुखमा सञ्जय कुँवर गुप्ता, ३ नं प्रदेश प्रमुखमा सुरेन्द्र केसी, ५ नं प्रदेश प्रमुखमा अर्जुनजङ्ग शाही, ७ नं प्रदेश प्रमुखमा नरेश थारु चयन भएका छन्।
प्रदेश नं ४ र प्रदेश नं ६ प्रमुख भने कार्यसमितिको पहिलो बैठकले तोक्ने छ। महाधिवेशनबाट ६१ जनाको परिषद् समिति चयन गरिएको छ। निर्वाचित सबैलाई शनिबारै प्रमुख निर्वाचन अधिकृत राधा पोखरेलले शपथ गराएको थिइन्। निर्वाचित समितिको बैठक शनिबारै क्यान्सर अस्पतालको सभाहलमा बसेको छ।
तेस्रो महाधिवेशनले कर्मचारीको सरोकारका विषयलाई कार्यान्वयनमा ल्याउने उद्देश्यसहितका नौ बुँदे घोषणपत्रसमेत जारी गरेको छ। देशभरमा ६५ वटा अस्पताल विकास समिति छन् भने अस्पताल विकास समितिअन्तर्गत ३५ हजार कर्मचारी, स्वास्थ्यकर्मी र चिकित्सक आबद्ध छन्।