शुक्रबारदेखि १५ अौँ हस्तकला व्यापार मेला तथा १३ औँ हस्तकला प्रतियोगिता काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको छ।
नेपाली हस्तकलाका सामग्रीलाई अन्तरराष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको हो।
मेलाको उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली हस्तकलाका सामग्रीले नेपालको निर्यात व्यापारमा महत्वपूर्ण योगदान दिएको स्पष्ट पारिन्। उनले हस्तकला व्यवसायबाट मुलुकमा रोजगारीको अवसर सृजना गर्न र गरीबी हटाउन सकिने विश्वास पनि व्यक्त गरिन्। राष्ट्रपति भण्डारीले नेपाली हस्तकलाको परम्परागत ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्नेमा पनि जोड दिईन्।
मेलामा २ सयभन्दा बढी स्टल रहेका छन्। देशका विभिन्न भागमा उत्पादन गरिएका घरेलु उत्पादनलाई मेलामा विशेष जोड दिएर राखिएको नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले जानकारी दिए। मेलामा मेलामा उत्कृष्ट हुने स्टललाई नगद पुरस्कारको पनि व्यवस्था गरिएको छ ।
५ दिनसम्म चल्ने मेलामा २ लाख ५० हजारभन्दा बढीले अवलोकन गर्ने र करीब १५ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ।