सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
कविता
सानो छ, मेरो कलम कपि
सानै छु म पनि
उद्देश्य ठुलो लिएर पूरा
गर्नेछु सपनी।
सानो छ मेरो हात र गोडा
सानै छ शरीर
त्यै शरीरभित्र छ ठुलो मुटु
बद्लिन्छ मस्तिष्क।
सानो छ मेरो पैताला खुट्टा
सानै छ पाइला
त्यही पाइला चाली
हिँड्नु छ धेरै पुग्नुछ संसार।
सानो छ मेरो टाउको अनि
आँखा र परेली
त्यै आँखा खोली हेर्नुछ
सुन्दर भविष्य नियाली।
सानो छ मेरो वर्ष र उमेर
सानै छ सपनी
त्यै उमेर कटाई
हुर्किसकेपछि
गर्नेछु उन्नति।
सानो छ मेरो हृदय अनि
मुटु र धमनी
त्यै मुटुबाट खोल्नेछु एक दिन
ज्ञानको मुहानी।
सानो छ मेरो आँखाको नानी
सानै छ संसार
त्यै संसार फेर्न गर्नुछ
मैले परिश्रम हजार।
(प्रिसभ भण्डारी गेटवेय मन्टेश्वरी, काडमाडौँको कक्षा ३ मा अध्ययनरत छन्।)