सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
कविता
बिहानदेखि झमझम पानी परेको बेलामा
पटुकी कस्दै, घुम ओड्दै आमा झरेको मेलामा
असारमा मानो रोपेर, मुरी फलाउने बेलामा
म पनि खुसी हुँदै आमासँग हिँड्थे मेलामा।
हलि दाइले गोरू दाउँदै, बा-काकाले बाउसे लाउँदै
रोपारको टिमले रमाइलो गर्नुभो आसारे भाका गाउँदै
कहिले पारी, कहिले वारि धानको बीउ समाएर बसे
म त सानो मान्छे, दही चिउरा खाएर रमाएर बसेँ
अहिले त हाम्रो भविष्यको लागि सहर ल्याउनुभो
खेती गर्ने खेतबारी सबै बाले, बेचेर भ्याउनुभो
धेरै पढेर अब मलाई, असल मान्छे बन्नुछ
आधुनिक कृषि गर्दै, कृषिमा क्रान्ति गर्छु भन्नुछ
सबै काठ्माडौँ आउन थाले जमिन बाँझो फाल्न थाले
गाई-भैंसी पाल्न छाडे, रसायनिक बिसादी हाल्न थाले
कृषि प्रधान देश हाम्रो, कृषिमै भविष्य बनाउनुछ
विदेश गएर होइन साथी, नेपालमा बसेरै नेपाल बनाउनुछ।
(प्रत्युश भट्टराई ग्लोबल पब्लिक स्कुल,काठ्माडौंमा कक्षा ५ मा अध्ययनरत छन्।)