सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
कविता:
साथी, तिमी जीवनलाई सरल यात्रा ठान्छौं
म युद्ध
तिमी युद्धलाई विध्वंसपूर्ण ठान्छौं
म आफ्नै विचारलाई
साथी, जन्मिदा तिमी-हामी रूँदै आएका थियौं
थाहा थियो रणभूमिमा हामीलाई युद्ध गर्न उतारिएको छ
तिमी युद्धलाई सिपाहीको जीवनसँग तुलना गर्छौ
म आफ्नै जिवनसँग
जब बाल्यावस्था पार गर्दै थिएँ
हिँड्नका लागि घरको भुइँसँग युद्ध गरे
कैयौंपल्ट पछार्यो भुँइले
म पछारिएँ
तर पनि उठेँ र लडेँ
भुँइसँगको युद्ध मैले जितेँ
हार्यो भुँइले
हिँड्न र बोल्न सक्ने हुँदा
आफ्नै आमाबासँग खेलौनाका लागि लडेँ
पछि किताबका पानाहरूसँग लडेँ
जब पढाइमा रूचि बढ्दै गयो,
तब जीवन सफल बनाउने दौडमा दौडिएँ
किताबका अक्षरहरूसँग युद्ध गरेँ
के गरिनँ मैले?
परीक्षारूपी रणभूमिमा समस्यासँग सिघौरी खेलेँ
अनेकौँ प्रश्नसंग जुधेँ र जितेँ
जब-जब जीवनमा सफल भएँ,
तब-तब पारिवारिक समस्यासंग जुद्धै गएँ
बिस्तारै पारिवारिक समस्या परास्त पारेँ
र सु-सम्पन्न परिवार निर्माण गरेँ
सम्भिएँ,
आफैले व्यतित गरिसकेका जीवनका आधा वर्षहरू
समस्यासँग जुध्दा-जुध्दै
अब त जित्न थाले सारा युद्ध
तर फेरी आइलाग्यो अर्को समस्या
साथी मलाई व्यथाले च्याप्यो, रोग लाग्यो
व्यथाले च्यापिरहँदा
म मृत्युशैयासँग युद्ध गर्दै थिएँ
प्रत्येक युद्धमा वीरता प्रदर्शन गरी लडेको म
लाग्दै थियो यो युद्धमा
जितको शृङ्खलाले विश्राम पाउँला
तर म लडेँ
गम्भिर समस्यालाई पनि मैले जिते
खुसी थिएँ आफूले जित हात पारेकोमा
तर, दु:खी रहेछन आफ्ना मेरो यो जितमा
(साथी म बुढो भएछु।)
(सक्षम भट्टराई न्यू होराइजन बोर्डिङ स्कुल, बुटवलमा कक्षा १० मा अध्ययनरत छन्।)