सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
कविता:
तिहार हाम्रो पर्व
लाग्छ मलाई गर्व
झिलिमिली दिपावली
देउसी भैलो मिलिजुली
काग, कुकुर, गाई, पूजा
लक्ष्मी पूजा, भाई पूजा
गर्छौ हामी सबैजना
रमाइलो मानी
सप्तरंगी टीका राम्रो
दिदी भाइको चाड हाम्रो
रंगोली साह्रै राम्रो
पाँच दिनको पर्व हाम्रो।
(स्वर्णिम चन्द काव्य स्कुलमा कक्षा २ मा अध्ययनरत छन्।)