सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
कविता:
तारा र चन्द्रमा विज्ञानका कुरा
सम्पदा र संरक्षण सामाजिकका कुरा
नाउन र प्रोनाउन अंग्रेजीका कुरा
यिनै कुरा सिकेँ विद्यालयमा
जोड्ने घटाउनेलाई भनिन्छ म्यात्स्
गणित कमैले सुनेका होलान्
विगतका जानकारी पाउने हिस्ट्री
यिनै कुरा सिकेँ विद्यालयमा
हेर्दै र गर्दै सिक्छौँ हामी
पढ्दै र लढ्दै बढ्छौँ अगाडि
सबै विषय समान हुन्
यिनै कुरा सिकेँ विद्यालयमा।
(आगम तिमिल्सना पाठशाला नेपाल फाउन्डेशन, नयाँ बानेश्वरमा कक्षा चारमा अध्ययनरत छन्।)