सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
कविता
कहाँ सबैको घरघरमा दसैं आउछ र?
कहाँ सबले खुसी हुँदै मनाउन पाउँछन् र?
पहिरोसँगै बगेको घरको लग्यो खोलाले खुसी
लुटियो आँखा अगाडि सबै कसरी नहुनु दुखी?
तेरो र मेरो भन्छौ हामी, व्यर्थ छ झुटो मायाको जाल
क्षणभरमै संसार लान सक्ने कस्तो डरलाग्दो रहेछ काल!
बगेका कयौंको भेटिएनन् लास, रूवाउदै गए संसार
रिस राग त्यागौं, नगरौं कहिले अहंकार
हिजो सपना बुन्दै मानिस रमाउँदै हिँडेको थियो
संसार देखाउने भगवान भन्छन् दैवले योवन लियो।
आँखामा आँसु सुकेकै छैन, फेरि दसैं आयो
सम्झाउँदै त्यो कालो दिनले मन फेरि रूवायो।
सम्झाउ त्यो कालो दिनले मन फेरि रूवायो।
(ऋतु आचार्य कक्षा १० मा अध्ययनरत छिन्।)