सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
कविता:
सानैदेखि हामीलाई
विश्वास गर्न सिकाइएको छ कि
समाजले मात्र तपाइँ
कसरी व्यवहार गर्नुहुन्छ भनेर
परिभाषित गर्न सक्छौँ हामी
जन्मेदेखि बाध्य छौं
समाज बनाउन
हामीले निर्माण गरेका छौँ
एक थोपा रहर र
इच्छाको संसार
समाजमा तपाईंको मूल्यांकन
पैसाले मात्रै गरेको देखिन्छ
तर
समाज त न्याय र अन्याय
छुट्टाउने तराजु बन्नुपर्ने हो
राम्रा कपडा र ठूला महलले
तपाईंको व्यक्तित्व
निर्धारण गरिन्छ
तर
व्यक्तित्व तपाईंको
कर्म बन्नुपर्ने हो
तपाईंले हिँड्ने मार्गहरू
सजिला पक्कै छैनन्
समाजबाट उम्कने
कुनै उपाय छैन
समाजका कुरीति, कु-संस्कारलाई
परिमार्जन गर्दै
नयाँ समाज निर्माणमा
तपाईं अग्रसर हुनुपर्छ
र
न्यायपूर्ण समाज बन्नुपर्छ।
(सासा अधिकारी नवोदय शिशु सदनमा कक्षा १० मा अध्ययनरत छिन्।)