सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
कविता
मेरो बलिदानले सारा दु:ख टाढिन्छ भने
हजार चोटी मर्छु म शान्ति आउँछ भने
मेरो पनि गुण होस् मेरो राष्ट्रका लागि
म एक्लै पाइला सार्छु कसैको साथ नमागी
भिखारीले त महलको सपना सजाउँछ हेर
एकचोटीको जीवनमा जे गर्, राम्रो गर्
के अर्थ भयो देशका लागि त्यत्रो रगत बगाएर?
आखिर मानिसले सहिद दिवसमा मात्र सहिदलाई सम्झिएर
गुँडबाट परेवाले त शान्तिको गीत गाउँछ
एकजुट भए राष्ट्रमा शान्ति आउँछ
गाउनेले गाइसके वीरगाथा, लड्नेले लडिसके
अब मेरो पालो राष्ट्रका लागि यी पाइला अघि सरिसकेँ।
(ओशिका सुवेदी नवोदय शिशु सदनमा कक्षा ९ मा अध्ययनरत छिन्।)