सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
कविता:
जन्म भयो बालकको घरमा खुसी छायो
चौरासी जुनी समाप्त भई नयाँ जुनी पायो
एघारौँ दिनमा नामकरण छ महिनामा पास्नी
दुई दिनको जीवन हाम्रो छिट्टै बिति जानी।
हिँड्न बोल्न सिकेपछि स्कुल भो सुरू
नयाँ ठाउँ, नयाँ साथी अनि नयाँ गुरू
कति छिटै बिति जान्छ स्कुलको जीवन
अनि चढ्छ सबैलाई बैसको जोवन।
बढ्दै जान्छन् जिन्दगीमा अनेक-अनेक रहर
पढाई पूरा भएपछि सुरू हुन्छ जागिर
जागिरको अवधिमा सिकिन्छ धेरै कुरा
बिहेवारी भएपछि हुन्छ जीवन पूरा।
बिहेपछि खुसी छाउँछ पूरै घरभरि
छोराछोरी जन्मेपछि बढ्छ जिम्मेवारी
छोराछोरी बढेपछि लाग्छन् आफ्नो काममा
पत्तै हुन्न कतिबेला लागियो बुढेसकालमा।
बुढेसकालमा बुढाबुढी मात्र घरभित्र
कहाँ गए छोराछोरी कहाँ छन् पुराना मित्र
धन भए तीर्थ जाउँला नभए क्यारौला नि
यसैगरी बिती जाने रैछ जिन्दगानी।
यो जिन्दगीभर सधैं गर असल काम
सत्य वचन असल कामले सफल हुन्छ जीवन
एक, दश, बीस गर्दै भए वर्ष सय
असल कर्म गर्नु नै हो यो जीवनको उद्देश्य।
(वर्षा भुसाल नवीन आयुर्वेदिक कदर बहादुर रिता सेकन्डरी स्कुलमा कक्षा ११ मा अध्ययनरत छिन्।)