सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
पुकारे माटाले अब देश फर्कौँ जवान हो
विकासको युद्ध लड्न सज्जा राखौँ कमान हो
फल बनाउनु छ सुन जरा बनाऔँ बलियो
भविष्य बनाउन भोलिको हात उठाऔँ कलिलो।
कल्कलाउँदा नदी रून्छन् हाम्रो नै अभावमा
रमाउने समय छैन अब ऐश्वर्य र रवाफमा
बोलाए खेतका गराहरूले मान गरौँ पहराको
पुकारे माटाले अब देश फर्कौँ जवान हो।
उत्थान गर्नुछ यो देशको उठाऔँ अब आवाज
विकास गर्नुअघि सरौँ फेरौँ रीति र रिवाज
देश फर्कौँ अब व्यथा सुनौँ ती जहानको
पुकारे माटाले अब देश फर्कौँ जवान हो।
देश फर्कौँ युवा हो माटाले पुकार्छ
नगए हामी अब भविष्यले नकार्छ
जननीलाई सिचौँ अब आफ्नै नशाको रगतले
यो देशको उत्थान अब देखोस् सारा जगतले।
(प्रतीक भण्डारी बुढानिलकण्ठ स्कुलमा कक्षा १० मा अध्ययनरत छन्।)