सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
मेरो प्यारो हजुरबुबा
बस्नु हुन्छ जलेश्वरमा
हामी सँगसँगै हुँदा
धेरै रमाइलो गर्छौ
सानो हुँदाखेरी म कुद्थे गुटुटुटु
हजुरबुबा मलाई झयाप्पै समात्नु हुन्थ्यो फुटुटुटु।
मेरो टाउको मालिस गर्दै गाउनुहुन्छ-
‘सुन सुन सुन इस चम्पीमे बढे बढे गुण’
हजुरबुबाले लगाउनुहुन्छ लुंगी
अनि हामी गर्छौ ‘लुंगी डान्स’
हजुरबुबाको मनपर्ने खेल तास
अनि हामी खेल्छौ साथ-साथ।
मेरो आठौं जन्म दिनमा,
खुशी हुदैँ आउनुभयो हजुरबुबा
तर एकदिन हामी बिहान हिँड्दा
गाडीले हान्यो उहाँलाई
धन्न भगवानको कृपाले
हजुरबुबालाई ठूलो चोट लागेन।
म वहाँलाई माया गर्छु
उहाँले मलाई माया गर्नुहुन्छ
मेरो प्यारो हजुरबुबा
संसारको सबभन्दा मायालु हजुरबुबा।
नाम: यूदाइ उ राउत
स्कुल: हिकोइतो शोगाक्को, जापान
कक्षा: ३