सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
एकादेशमा एउटा भ्यागुतो थियो। एकदिन भ्यागुतो ट्वार्र ट्वार्र गर्दै हिँडिरहेको थियो। बाटोमा उसको एउटा खरायोसँग भेट भयो। त्यसबेलादेखि उनीहरू प्रिय साथी बने।
एकदिन खरायो र भ्यागुतो खानेकुरा खोज्न भनेर हिँडिरहेका थिए। भ्यागुतोले भन्यो, 'सुन त खरायो! यसरी खानेकुरा खोज्न हिँडेको पनि धेरै बेर भयो। बरू हामी आफ्नो आफ्नो बाटो लागौँ। खानेकुरा पाउनेबित्तिकै हामी यही ठाउँमा भेट्ने वाचा गरौँ है।'
खरायोले भन्यो, 'हुन्छ नि त। त्यसै गरौँ।
भ्यागुतोे उफ्रदै गयो। बाटोमा उसले धेरै किराफट्याङ्ग्रा भेट्टायो। अघाउन्जेल खाएपछि ऊ खरायोसँग गरेको वाचा सम्झिएर भेट्नुपर्ने ठाउँमा गयो। खरायो अझै आएको थिएन। उसले धेरैबेर कुर्यो। घाम डुब्न थाल्यो। खरायो आएन। भ्यागुतो खरायो कहाँ छ भनेर खोज्न निस्कियो। तर जति खोजे पनि खरायो भेटिएन।
खोज्दाखोज्दै भ्यागुतोले एउटा आवाज सुन्यो, 'बचाऊ! बचाऊ!'
भ्यागुतो आवाज आएको ठाउँतिर उफ्रिएरै पुग्यो। ठूला ठूला चट्टानको बीचमा खरायो अड्किएको रहेछ। भ्यागुतोले उफ्रिएर खरायोलाई तानेर बाहिर निकाल्यो। यसरी भ्यागुतोले आपतमा परेको प्रिय साथीलाई बचायो।
शिक्षाः आपतमा परेको साथीलाई हामीले मद्दत गर्नुपर्छ।
(ऋतव्य ढुङ्गाना पाठशाला नेपाल फाउण्डेशन बानेश्वर, काठमाडौंमा कक्षा २ मा अध्ययनरत छन्।)