सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
कविताः
मेरो नाम कलम
ज्ञान दिने कलम
नाच्दै गाँउदै लेख्छु म
हाँसी खुसी बस्छु म
मसीलाई चुस्छु म
कोमल शब्द पोख्छु म
खुसी भाव दिन्छु म
सबैसँग मिल्छु म
अन्धकारलाई हटाउँछु
ज्ञानलाई बढाउँछु
नबुझेको बुझाउँछु
राम्रा कुरा सिकाउँछु
मनलाई रमाउने
मिलिजुली रंगाउने
सबैसँग मिलेर
दैनिक यसलाई समाउने
कलम हाम्रो साथी
सबैभन्दा माथी
पेपरमा रंगाउँछ
सबै रंग जाती।
(केजीया तिमिल्सिना एल आर आई स्कुल, कलंकी,काठमाडौंमा कक्षा ५ मा अध्ययनरत छिन्।)