सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
संवाद:
(राम जंगलमा रूख काट्दै छन्। उनका हरि नाम गरेका एक जना छिमेकी गर्मीका कारण शितल हावा खान जंगल घुम्दै गर्दा राम भएकै ठाउँ पुग्छन्। र रामसँग कुराकानी गर्न थाल्छन्।)
हरि: ए साथी! तिमीले यो के गरेको? यसरी वन विनाश गर्नु हुँदैन भनेर तिमीलाई थाहा छैन र?
राम: मैले आफ्नो पुँजीको लागि रूख काटेको हुँ। त्यो पनि एउटा मात्र। वन विनाश गर्न थालेको होइन।
हरि: तिमीले आज एउटा रूख काटे पनि दिनको एउटा रूख काट्यौ भने महिनाको ३० वटा र वर्षको ३६५ वटा रूख काट्छौ।
राम: जंगलभर यति धेरै रूख छन्, काटेर पनि केही फरक पर्दैन।
हरि: के तिमीले एउटा रुख काट्दा १० वटा रूख रोपेका छौ? नेपाल सरकारले त त्यही भनिरहेको हुन्छ।
राम: मैले त त्यसरी रूख रोप्ने गरेको छैन।
हरि: त्यसो भए तिमीले एउटा रूख काट्दा अर्को रूख रोप्ने गरेका छौ त?
राम: त्यो पनि छैन।
हरि: यो रूख तिमीले काठको कारखाना चलाउन वा अरू केही कामको लागि काटेको हो नि?
राम: मैले मेरो कारखाना चलाउन नै यो रूख काटेको हो।
हरि: के तिमीले नेपाल सरकारले तोकेको ठाउँमा आफ्नो कारखाना दर्ता गराएका छौ? वा रूख काट्न वन विभागको अनुमति लिएका छौ? तिमीलाई थाहा छैन र रूखबाट हामीलाई प्राणवायु मिल्छ भनेर?
राम: मैले त नेपाल सरकारले तोकेको ठाउँमा कारखाना दर्ता गराएको पनि छैन। न त रूख काट्नको लागि वन विभागको अनुमति लिएको छु। रूखबाट प्राणवायु मिल्छ भन्ने कुरा त थाहा छ।
हरि: रूखबाट प्राणवायु मिल्छ भन्ने कुरा त तिमीलाई पनि थाहा रहेछ। यसरी जथाभावी रूख काट्दा त तिमीलाई प्रहरीले समात्न पनि सक्छ है।
राम: के यो प्रहरीको वन हो र मलाई समात्न? मैले रूख काट्दैमा प्राणवायुको कमी हुँदैन साथी! यहाँ र संसारभर अरू पनि धेरै रूख छन् नि।
हरि: यो प्रहरीको वन नभए पनि सरकारले प्रहरीलाई वनजंगल संरक्षणमा खटाएको हुन्छ। तिमीलाई वनजंगल फडानीले केही असर नगरे पनि तिम्रा सन्तान, वंशज, आउने पुस्ता र नयाँ पिढीलाई असर गर्छ।
यत्तिकैमा प्रहरी महानिरीक्षकसहितको प्रहरी टोलीको आगमन हुन्छ।
प्रहरी १: (रामलाई देखाउँदै) सर यसले नै हो रूख काटेको।
प्रहरी २: हो हो सर यही मानिस हो।
प्रहरी महानिरिक्षक: त्यसो भए यसलाई अहिल्यै समातेर खोर भित्र हाल।
राम: माफी पाउँ सर। म अबदेखि कहिल्यै रूख काट्दिन।
प्रहरी २: तैंले अनुमति विना जथाभावी रूख काटेकोले अब तँलाई छोड्न मिल्दैन।
प्रहरी १: हो सर।
प्रहरी महानिरिक्षक: अब समय खेर नफाल। यसलाई तुरून्तै लिएर हिँड।
(प्रहरीहरू रामलाई समातेर लैजान्छन्।)
हरि: (आफैँसँग) मैले भनेको मानेन। अब प्रहरीले समातेर लगिहाले नि!
(हरि आफैँसँग कुरा गर्दै घर फर्किन्छ।)
(सार्थक पौडेल सौरदिप बोर्डिङ स्कुल, बालाजुमा कक्षा ७ मा अध्ययनरत छन्।)