सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
स्कुलको जाडो विदामा दुबई घुम्ने मौका मिल्यो। मामु र म जनवरीको १२ तारिखमा नेपाल एयरलाइन्सको जहाजबाट दुबई आयौं।
यो मेरो पहिलो विदेश यात्रा थियो। मलाई धेरै कुरा नौलो र रमाइलो लाग्यो। दुबईमा रेल चढेर बुर्ज खलीफा हेर्न गयौं। यो संसारको सबैभन्दा अग्लो भवन हो। रातको समयमा झिलीमिली बत्तिले गर्दा यो ठाउँ निकै राम्रो देखिने रहेछ। पानीको फोहोराको नाच पनि कति रमाइलो!
यही हेर्न धेरै मान्छे टाढाटाढाबाट आउने भएकोले निकै भिडभाड हुने रहेछ। दुबईमा बुर्ज खलिफाबाट हाम्रो घुम्ने यात्रा सुरू भएको छ। अरू ठाँउकाबारेमा पनि पछि बताउँछु है!
(आयान्श पौड्याल शांकरी स्कुल, छाउनीमा कक्षा २ मा अध्ययनरत छन्।)