सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
कविता:
यो प्यारो आकाश शितल बतास के कमी भएको?
यो हाम्रो धर्ती मिठो छ अर्ति रमाइलो छाएको
सुन्दर जुन चम्किला तारा जीवन दिने घाम
रुँदैनौँ देख्दा मुस्कान छाउँछ हुँदैन सुनसान।
नदीझैँ बग्छ यो हाम्रो जीवन बनाए सरल
इन्द्रेणीजस्तै रंगीन छ है कहिले तरल।
हावाको हातमा बादल बग्छ हामी नि त्यस्तै छौ
हावाको साथमा बादल हातमा सुखले नाच्दछौँ।
ती आकाश चरी रातमा बस्न सक्दैनन् एकै ठाउँ
जीवन त्यस्तै चञ्चल हुन्छ कमाउन आफ्नो नाउँ।
आकाशका तारा एकलै बस्न सक्दैनन् एकैछिन
धर्तीका तारा मानिसका सारा मित्र छन् दिन दिन।
सक्दैन कोही नरोई बस्न घाम पनि हराउँछ
प्यारो छ जीवन दिन र रात कालसँग डराउँछ।
सुख र दु:ख संसारको खेल यस्तै छ जीवन
घाम र पानी बादल सहन्छ हराउँछ यो धन।
(युरेका अधिकारी डियरवाक सिफल स्कुलमा कक्षा ६ मा अध्ययनरत छिन्।)