सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
एकादेशमा एउटा ठूलो जगंल थियो। त्यो जगंल एकदमै सुन्दर थियो। जगंलभित्र धेरै जगंली जनवारहरू थिए। मान्छे गए भने जगंली जनवारले खाइदिन्थे। मान्छेहरू त्यो जगंलमा जान डराउँथे। त्यसैले त्यो जगंलमा कोही जादैनथ्यो।
एकदिनको कुरा हो, एउटा सानो बच्चा जंगल छेउमा साथीहरूसगँ बल खेलिरहेको थियो। खेल्दा खेल्दै उसको बल जगंलमा गयाे। बल लिन उ जगंल भित्र पस्यो। उसलाई त्यो जगंलमा जानु हुँदैन भन्ने थाहा थिएन।
जगंलतिर जाँदै गर्दा उसले एउटा बाघ देख्यो। त्यो बाघले एउटा घोडालाई सिकार गर्न थालेको थियो। उसलाई घोडाको माया लाग्यो। र झाडीतिर लुक्दै बाघ नजिकै गयो। उसले बाघलाई ढुंगाले नदेख्ने गरी हान्यो। बाघले रिसले यताउती फर्केर हेर्यो र भन्यो, 'कसले मलाई हान्यो?'
बाघको आवाज सुनेर घोडा भाग्यो। बच्चा खुसी हुँदै अलि अगाडि गयो। उसले जगंलमा राम्राराम्रा फूलहरू, रंगरंगका चरा र जनवारहरू देख्यो। जगंलको बीचमा एउटा पोखरी थियो। त्यस पोखरीमा हात्ती, घोडा, बाँदर, बाघ, भालु, मृग, जरायो, खरायो, जस्ता जनवारहरू पानी पिउने र खेल्ने गर्थे। त्यो देखेर बच्चा खुसी हुँदै घर फकिर्यो।
उसले त्यो सुन्दर जगंलबारे गाउँमा सबैलाई सुनायो। बच्चाको कुरा सुनेर गाउँलेहरू छक्क परे।
(उत्साह दाेङ योङ हर्टस् बोर्डिङ स्कुलमा कक्षा तीनमा अध्ययनरत छिन्।)