सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
कविता:
हातमा लिई उठाउनुभयो
काखमा लिई सुताउनुभयो
ए मेरो बुवा, लाग्छ माया मलाई
सिकाउनुहुन्छ हजुरले सम्झाई
हातमा बाला किनिदिनुहुन्छ
नपाएको माया दिनुहुन्छ
संसारमा मैले आँखा खोलेर हेर्दा
हजुरलाई देख्न सकेको बेला
पहिलेदेखि प्यारो लाग्यो
हजुर यो संसारमा सबैभन्दा प्यारो
हजुरको काखमा सधैं बस्छु
माया लाग्छ बुवा कहिले छोडेर नजानु
(आधिरा जशु पाण्डे प्रोमिनेन्ट किड्स स्कुल , नेपालटारमा कक्षा ५ मा अध्ययनरत छिन्।)