सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
कविता:
दसैं तिहारमा यो वर्ष घर जाउँ भनी सोच्छ
कम्पनीमा साहुसँग बिदाको प्रस्ताव राख्छ
बिदा पाए स्वदेश, नमिले त्यही काम गर्नुपर्ने
आफ्नो परिवारको याद मनमै कैद गर्नुपर्ने।
अर्को साल आउँछु भनि बुढीलाई चिट्ठी पठाउँछ
आँखामा आँसु र घरको याद बोकी काममा धाउँछ
घरमा छोरोले बुवा कहिले आउने भनी प्रश्न गर्छ
यति सुन्नासाथ बुवाको मन छियाछिया पर्छ।
आफ्नो भर छैन तर पैसा घरमा पठाएको हुन्छ
स-परिवारको तस्बिर हेरेर सधैं सधैं रून्छ
छोरीलाइ जामा श्रीमतीलाई सारी पठाउँछ
आफू वर्षौं पुरानो कपडा लगाइ पैसा जोगाउँछ।
बालबच्चाको इच्छा पूरा गर्न
उनीहरूबाट टाढिएको छ
जति विदेशमा पसिना बगाएपनि
मन स्वदेशमै गाडिएको छ।
(पुजन भट्टराई सैनिक आवाशिय महाविद्यालयमा कक्षा १० मा अध्ययनरत छन्।)