सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
कविता:
बिहान सबेरै उठेर गृहकार्य गर्छु
ज्ञानको ज्योति लिन विद्यालय जान्छु
शिक्षकले हामीलाई नयाँ कुरा सिकाउनुहुन्छ
म विद्यार्थी भएकाले अनुशासनमा बस्नुपर्छ
आफ्नो उज्ज्वल भविष्यका लागि असल विधार्थी बन्नुपर्छ
आफूभन्दा सानालाई माया गरी ठूलालाई आदर गर्नुपर्छ
म विद्यार्थी हुँ त्यसैले मैले किताब र कलमलाई चिन्नुपर्छ
अध्यारो हटाई उज्ज्वल भविष्य ल्याउनुपर्छ
आफ्नो लक्ष्यमा हिँडेरै विद्यार्थीको परिचय दिलाउनुपर्छ।
(आरूष न्यौपाने पिनाकल स्कलर्स एकेडमी, कलंकी काठमाडौंमा कक्षा छ मा अध्ययनरत छन्।)