सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
आँप फलफूलको राजा हो भनेर हामीमध्ये धेरैलाई थाहा छ। तर यसलाई के कारणले राजा भनिएको होला त? यसबारेमा तपाईहरूलाई थाहा छ? आखिर आँपमा त्यस्तो के गुण हुने रहेछ वा अन्य फलफूलमा नपाइने के चिज पाइने रहेछ? यसबारेमा मलाई अध्ययन गर्न मन लाग्यो।
यो दसैं बिदामा इन्टरनेटका माध्यमबाट यस फलका बारेमा पत्ता लागेका कुराहरू तपाईहरूमाँझ राख्दैछु।
नेपालमा जेठको सुरूदेखि साउन महिनाको अन्तिमसम्म आँप खान पाइन्छ। यो अत्ति नै स्वादिलो हुन्छ। मलाई त अत्ति नै मीठो लाग्छ। सायद धेरैले मन पराउनुहुन्छ होला। यसको इतिहास खोज्दै जाँदा महाभारत र रामायणकालीन समयदेखि नै अस्तित्वमा रहेछ। यो स्वादका कारण मात्रै होइन, स्वास्थ्यका हिसाबले पनि अति नै लाभदायक हुने रहेछ।
भिटामिन सी ६० प्रतिशत, भिटामिन बी सिक्स ५ प्रतिशत, पोटासियम १६८ एमजी, कार्बोहाईड्रेट्स १५ ग्राम, डायटरी फाइबर १ दशमलब ६ ग्राम, सुगर १४ ग्राम, प्रोटिन ० दशमलब ८ ग्राम, आइरन १ प्रतिशत, म्याग्नेसियम २ प्रतिशत, क्याल्सियम १ प्रतिशत जस्ता अति नै उपयोगी खनिज र भिटामिनहरू पाइन्छन्।
आँप फलफूलको राजा त्यसै भनिएको कहाँ हो र? यसका अन्य फाइदाहरू पनि प्रशस्तै रहेछन्। यसबाट केक, आइसक्रिम, तरकारी, अचार, पाउँ, बनाएर पनि खान सकिन्छ। आँपलाई धेरै तरिकाले प्रयोगमा ल्याउन सकिन्छ। यसबाट जुस बनाएर पनि खान सकिन्छ। मलाई त आँपको जुस अति नै मनपर्छ। हरेक बस्तु वा चिजको राम्रो-नराम्रो असर भएजस्तै यसका पनि केही बेफाइदाहरू रहेछन्। यसको अत्याधिक प्रयोग गर्दा डाएरिया, डाएबिटिज र डण्डीफोर आउने जस्ता समस्या देखा पर्छन्।
आँपलाई किन फलफूलको राजा भनिदो रहेछ त? हामीले जान्ने मौका पायौं। यसका फाइदा र बेफाइदा बारेमा पनि थाहा पायौं। कुनै पनि चिजको अत्याधिक प्रयोग हुनु स्वास्थ्यका हिसाबले नोक्सान हुने रहेछ। त्यसैले सही मात्रामा प्रयोग गर्नसके आँपका फाइदाहरु धेरै रहेछन्। हरेक कुरा सही मात्रामा प्रयोग गर्नुपर्ने रहेछ भनेर मैले त थाहा पाएँ। तपाईहरूले पनि यो मेरो लेख पढिसकेपछि थाहा पाउनुभयो होला हैन त?
(आरूषी सापकोटा पाठशाला नेपाल फाउण्डेसनमा कक्षा ६ मा अध्ययनरत छिन्।)