सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
गर्मी मौसम थियो। हामी मुक्तिनाथ जाने भयौं। काठमाडौँबाट अघिल्लो दिनै हजुरबुवा हजुरआमा पोखरा आउनुभएको थियो। ड्राइभर दाइसमेत गर्दा नौ जना भयौं। हामी बिहान चाँडै उठी हातमुख धोई नास्ता खायौं। सबै जना गाडीमा बसेर निस्कदा बिहानको आठ बजिसकेको थियो।
बिहानको १० बजे पर्वत पुग्यौं। पर्वतपछि अर्को जिल्ला बाग्लुङ पर्दो रहेछ। त्यहाँ बाग्लुङ कालिका मन्दिर पर्दो रहेछ। बाग्लुङ कालिकाको दर्शन गरेपछि हामी अघि बढ्यौं। त्यसपछि हामी म्याग्दी पुगेर खान खायौं। खान खाइसकेपछि हामी जोमसोमतिर लाग्यौं।
लेते भन्ने ठाउँ पुगेपछि चिसो लाग्न थाल्यो। हिमाल पनि देखिन थाल्यो। बाटोमा थुप्रै स्याउका बगैंचा हेर्दै जोमसोम पुगियो। त्यस दिन जोमसोमको होटलमा बस्यौं। खाना खाएर सुत्यौं। हामी भोलिपल्ट बिहान कागबेनी गयौं। हामीले बाटोमा थुप्रै च्यांग्रा पनि देख्यौं। कागबेनीमा हजुरबुवा हजुरआमा सबैले श्राद्ध गर्ने कार्यक्रम रहेछ। त्यहाँ थुप्रै मानिस श्राद्ध गर्न आउने रहेछन्। त्यसपछि हामी मुक्तिनाथ मन्दिर गयौं।
मुक्तिनाथ मन्दिर पुग्न गाडी छोडेर ३०४ वटा भर्यांङ चढ्नुपर्ने थियो। लेक लाग्न पनि सक्थ्यो। हामी कसैलाई पनि लेक लागेन। हामी माथि पुग्यौ। मन्दिर वरिपरि १०८ वटा धारा रहेछन्। पानी सारै चिसो रहेछ। धारामा नुहाएर हामीले मुक्तिनाथ भगवानको पूजा गर्यौं। मन्दिर बिहानको १२ बजे सम्म मात्र खुल्ने रहेछ। हामीले पूजा गरिसकेपछि राम्रा राम्रा फोटा खिच्यौं। मन्दिरबाट तल ओर्लिएर हामीले नास्ता खायौं। त्यसपछि हामी जोमसोम फर्कियौं। खाना खाएर नाचगान गर्यौं।
बेलुका चाँडै सुतेर हामी भोलिपल्ट बिहानै जोमसोम बाट निस्कियौं। बाटोमा रूप्से झरना पनि हेरियो। गलेश्वर महादेवको पूजा पनि गरियो। अन्तमा म्याग्दीको प्रसिद्ध तातोपानीमा नुहाएर हामी पोखरा फर्कियौं। मुक्तिनाथ यात्रा सार्है रमाइलो भयो।
(आराध्या सापकोटा शिशु निकेतन सेकेण्डरी इंगलिस स्कुल पोखरा, कास्कीमा कक्षा ३ 'डी' मा अध्ययनरत छिन्।)