सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
कविता:
वर्ष र दिनमा आउने दसैं, अति रमाइलो
जहिले पनि टीकाकै दिन मन हुन्छ घमाइलो
धान, मकै, गहुँ, जौ, तिल माटोमा रोपेर
घटस्थापना गर्छौ हामी दुर्गा पुजेर
विशेष पूजा फूलपातीमा गर्छन् सबैले
मन्दिरमा गई पशुको बलि चढाउँछन् कसैले
बाहिरबाट फर्केर आउँछन् आफ्नो घर सम्झेर
घरका मान्छे आफन्त भेट्न बस्छन् कुरेर
चंगा पनि खेल्छन्, पिङ नि खेल्छन् दसैँको बेलामा
दसैँको लागि सरसामान किन्न जान्छन् है मेलामा
दसौं दिन निधारमा टीका, शिरमा जमरा
शिरमा आशिष मनमा हर्ष पिङमा सरर
फिनी र चिनी, सेल र अर्सा, खाउँ मीठो मानेर
दसैँको हर्ष प्रेमको वर्षा, मनाउँ है हाँसेर
खर्च कम गरी मनाउँ दसैँ सद्भाव बोकेर
तडकभडक देखावटी पन हटाउँ सोचेर।
(संविद ढकाल सिफल स्कुलमा कक्षा पाँचमा अध्ययनरत छन्।)