सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: [email protected]
...
कविता:
चाडपर्व आयो हजुर
नेताजिका निद्रा अब भाग्यो
गाउँ वस्तीको साह्रै माया लाग्यो
जनताप्रतिको प्रेमभाव जाग्यो
चाडपर्व आयो हजुर
नेताजी गाउँमा रमाउदै छन्
शुभकामनाको नाउँमा भोट कमाउँदै छन्
भोजभतेर गरेर मोर्चा जमाउदै छन्
चाडपर्व आयो हजुर
नेताजीको व्यस्तता बढेको छ
घना बस्तीहरूमा उनको नजर गढेको छ
अहिले आएर विकासको नशा चढेको छ
चाडपर्व आयो हजुर
परदेशिएका युवाहरू आए
गोता त कति हो कति खाए
बल्ल अहिले नेताजीको दर्शन पाए
चाडपर्व आयो हजुर
नेताजी दु:खीका हात समाउँदै छन्
गरिब बस्ती अनि समुदाय ठम्याउँदै छन्
सहानुभुति र आत्मियताले ओंठ कमाउँदै छन्
चाडपर्व आयो हजुर
महाचाड त चुनाव पो हो
नेताजीको टिम निर्माण भो
चुनाव त हजुर भ्रमित पार्ने सो।
चाडपर्व आयो हजुर
भोट किन्ने खेल सुरू भो
ध्यान पुरै सत्ता भक्तिकै हो
सेटिङ चाहीँ अदृश्य शक्तिको पो।
(आयाम गौतम ललितपुर माध्यमिक विद्यालय, लगनखेलमा कक्षा ८ मा अध्ययनरत छन्।)